इजरायलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, संक्रमितको संख्या २१७०

संक्रमित वढ्दै गएपछि Lockdown मा कडाई, अवफाह फैलाउने ३६ जना विरुद्द मुद्दा

Published Date: March 25, 2020

ए१न्यूज इजरायल,

इजरायल सरकारले कोरोना भाइरसका विरामीहरु एक पछि अर्को गर्दै बढ्दै गएपछि इजरायल सरकारले जनताको स्वास्थ्यको सुरक्षाको लागि युद्धस्तरमा स्वास्थ्यकर्मीहरु परिचालन मात्र गरेको छैन् रोकथामका लागि ठोस कदमहरु पनि चालिरहेको छ ।  यसलाई उच्च प्राथमिकतामा राखी एक साता पहिले lockdown गरेपनि खासै प्रभावकारी नभएपछि वुधवार साँझ ५ बजेदेखि लागु हुने गरी   Lockdown थप प्रभावकारी गराउने उद्देश्यले lockDown  Regulations मा थप कडाई  गरेको छ , जसानुसार जस्तो सुकै अवस्थामा पनि छोटो दुरीमा मात्र हिडडुल गर्न अनुमति रहनेछ, सय मिटर भन्दा टाढा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।

त्यस्तै इजरायल सरकारले सवारी साधनहरु आवागमनमा थप कडाई गरेको छ भने विवाह लगायत धार्मिक समारोहहरुमा १० जना भन्दा कमको उपस्थिती र दुई मिटरको दुरी कायम गर्नु पूर्ववर्ती नियम नै पालना गर्न निर्देशन दिएको छ । त्यस्तै क्लिनिक, अस्पताल, फार्मेसी, अत्यावश्यक किनमेल लगायत  अति महत्वपूर्ण आवतजावत गर्नु  परे निजी गाडी वा ट्याक्सिमा  २ जना भन्दा धेरै सवारी नगर्न निर्देशन दिएको छ ।

त्यस्तै न्यूजपेपर, अत्यावश्यक वस्तुहरु, स्वास्थ्य सामाग्रीहरु वाहेकका कुनै पनि सरसामान डेलिभरी गर्न पनि प्रतवन्ध लगाइएको छ । नियम पालना नगर्ने लाई अपराधी सरह मान्दै इजरायल सरकारले ३ देखि ५ हजार  शेकेलसम्म जरिवाना र जेलसजाय हुन सक्ने पनि बताएको छ ।

इजरायली संचार माध्ययमहरुका अनुसार इजरायल प्रहरीले वुधवार मात्र नियम उलङ्घन गरेका ५५ बटा व्यापारीक केन्द्रहरु वन्द गराएको छ भने क्वारेन्टाइन तोडेको आरोपमा १३५ जना विरुद्द मुद्दा दर्ता गराएको जेरुशलेम पोस्टले जनाएको छ । पोस्टका अनुसार कोरोना भाइरसको विषयमा  गलत समाचार सम्प्रेसण गरी अवफाह फैलाएको आरोपमा ३६ जना विरुद्द मुद्दा दर्ता गराएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको  COVID-19 कोरोना भाइरसबाट हालसम्म इजरायलमा २१७० जना  संक्रमित भएका छन् भने हालसम्म ५ जनाको मृत्यु भएको इजरायल सरकार स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै इजरायली संचार माध्ययमहरुले जनाएका छन् ।
वुधवार दिउसो इजरायल सरकार स्वास्थ्य मन्त्रालयले  सार्वजनिक गरेको डाटा अनुसार  संक्रमित मध्य ३७ जना विरामी सिकिस्त अवस्थामा रहेका छन् भने हालसम्म ५८ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।

हाल ६५ हजार भन्दा धेरै इजरायलीहरु होम क्वारेन्टाइनमा रहेको जनाइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...