इजरायलमा कोरोना संक्रमित वढ्दै गएपछि नेपालीहरु त्रसित, राजदूतावासगँ छलफल गर्दै

विहानको १० बजे राजदूत डा. शाक्यसँग अलाइन बैठक बस्दै

Published Date: March 26, 2020

ए१न्यूज इजरायल

मध्यपूर्वको इजरायलमा कोरोना भाइरसको प्रभाव अनियन्त्रित हुदै गएपछि इजरायलमा रहेका नेपालीहरु भयवित देखिन थालेका छन् ।
विहिवार साँझ इजरायलमा सक्रिय विभिन्न सामाजिक तथा राजनैतिक संघ संस्थाका प्रतिनिधीहरुले इजरायलमा कार्यरत नेपालीहरुमाथि कोरोना भाइरसबाट हुन सक्ने संभावित जोखिमको विषयलाई लिएर नेपाली राजदूतावाससँग अनलाइन टेलिकन्फेरेन्स मार्फत जानकारी गराएका छन् ।
एनआरएनए एनसिसी इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवाली लगायतका पदाधिकारीहरु, प्रवासी नेपाली एकता मंञ्चका अध्यक्ष तिर्थ गौतम, जनसम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, नेपाली समाज इजरायलका अध्यक्ष सुन्दरसिंह लामा तामाङ, नारीका लागि नारी अक्षयकोषकी संस्थापक सदस्य नितु खतिवडा, हेल्पिङ हर्ट्स इन इजरायलका अद्यक्ष सुमन कार्की लगायतका संघ संस्थाहरुका प्रतिनिधीहरुको टोलीले नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा द्वितिय सचिव अर्जुन घिमिरेसँग टेलिकन्फेरेन्स मार्फत इजरायलमा रहेका नेपालीहरुका समकालिन समस्याहरुका विषयमा संक्षिप्त जानकारी गराइएको थियो । टोलीले विषय अत्यन्तै गम्भिर र संवेदनशिल रहेकाले राजदूत डा. शाक्यसँग विस्तृत छलफल गर्न चाहे पनि राजदूत डा. शाक्यले समय उपलव्ध गराउन नसकेपछि उपनियोग प्रमुख तथा द्वितिय सचिव अर्जुन घिमिरेलाई विषयवस्तु बारे संक्षिप्त जानकारी गराएका थिए ।
उपनियोग प्रमुख तथा द्वितिय सचिव अर्जुन घिमिरेले इजरायलमा रहेका नेपालीहरुको स्वास्थ्य तथा भइपरी आउने अन्य समस्याहरुमा नेपाली राजदूतावास संवेदनशिल रहेको र दूतावासले सक्दो सहयोग पुर्याउने बताएका थिए । घिमिरेले टोलिको आग्रहलाई ग्रहण गर्दै राजदूत शाक्यसँग समय निर्धारण गरेर जानकारी गराउने बताउदै बैठक समाप्त भएको थियो ।
यससँगै महामहिम राजदूत डा. अञ्जान शाक्यले इजरायलमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीहरुसँग शुक्रवार विहान अनलाइन कन्फेरेन्स बैठक मार्फत छलफल गर्ने दूतावासले जानकारी दिएको छ । विहानको ठिक १० बजेको समय निर्धारण गरिएको उक्त विशेष छलफल अनलाईन बैठकमा समय मिलाएर उपस्थित जनाउन टोलीले इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।

हालसम्म इजरायलमा कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ । इजरायल सरकार स्वास्थ्य मन्त्रालयको पछिल्लो सार्वजनिक तथ्यांक अनुसार हालसम्म २६९३ जना  संक्रमित फेला परिसकेका छन् भने त्यसमा ४६ जना सिकिस्त अवस्थामा रहेको जनाइएको छ । कम्तिमा ७० जना पूर्ण निको भइ घर फर्किसकेका छन्।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...