इजरायलमा कोरोनाका कारण मर्नेहरुको संख्या 12 पुग्यो, संक्रमितहरु अझ वढ्ने क्रममा

Published Date: March 27, 2020

ए१न्यूज इजरायल

इजरायलमा COVID-19 कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको संख्या १२ जना पुगेको छ । शुक्रवार थप २ इजरायलीहरु कोरोनाका कारण मृत्युभए पछि मर्नेहरुको संख्या १२ पुगेको हो ।

इजरायली संचार माध्ययमहरुका अनुसार शुक्रवार दिउसो मात्र तेलअभिव नजिकै रहेको वल्फसन अस्पतालमा उपचाररत ८० बर्षिय एक वृद्दको कोरोनाका कारण मृत्यु भएको छ । उनी  दिर्घरोगबाट पिडित विरामी रहेको बताइएको छ ।

त्यस्तै हाइफाको रमवम अस्पतालमा उपचाररत ७३ बर्षिय वृद्दको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनीपनि दिर्घरोगबाट पिडित भएको बताइएको छ । त्यस्तै उनकी ७१ बर्षिया श्रीमती पनि कोरोनाको संक्रमणबाट अस्पतालमा उपचाररत रहेको बताइएको छ । उनको अवस्था मध्यम रहेको पनि समाचारमा जनाइएको छ । उनीहरु टेनेराइफको भ्याकेसनबाट फर्किएका थिए ।

इजरायल सरकार स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसबाट संक्रमण हुने विरामीहरुको संख्या ३०३५ पुगेको बताएको छ । त्यसमा करिव ४६२ जनाको अस्पतालमा भर्ना गरी उपचार गराइएको छ भने १५०९ जनालाई घरमै उपचार सेवा पुर्याइदै आइरहेको छ । त्यस्तै ४१० जना विरामीको विशेष रुपमा तयार गरिएको होटलमा उपचार गराइरहेको छ भने बाँकी के कसरी उपचार गराउने भन्ने विषयमा निर्णय लिइनसकेको वाइनेट अनलाईनले जनाएको छ ।

इजरायल सरकारले कोरोना भाइरसका विरामीहरु एक पछि अर्को गर्दै बढ्दै गएपछि इजरायल सरकारले जनताको स्वास्थ्यको सुरक्षाको लागि ठोस कदमहरु पनि चालिरहेको छ ।  यसलाई उच्च प्राथमिकतामा राखी एक साता पहिले lockdown गरेपनि खासै प्रभावकारी नभएपछि वुधवारदेखि  थप कडाई  गरेको छ , जसानुसार जस्तो सुकै अवस्थामा पनि छोटो दुरीमा मात्र हिडडुल गर्न अनुमति रहनेछ, सय मिटर भन्दा टाढा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।

त्यस्तै इजरायल सरकारले सवारी साधनहरु आवागमनमा थप कडाई गरेको छ भने विवाह लगायत धार्मिक समारोहहरुमा १० जना भन्दा कमको उपस्थिती र दुई मिटरको दुरी कायम गर्नु पूर्ववर्ती नियम नै पालना गर्न निर्देशन दिएको छ । त्यस्तै क्लिनिक, अस्पताल, फार्मेसी, अत्यावश्यक किनमेल लगायत  अति महत्वपूर्ण आवतजावत गर्नु  परे निजी गाडी वा ट्याक्सिमा  २ जना भन्दा धेरै सवारी नगर्न निर्देशन दिएको छ ।

कोरोनाका कारण विश्वभर मर्नेहरुको संख्या झनपछि ओझन वढ्ने क्रममा छ । इटलीमा करिव ८२०० वढिको ज्यान गइसकेको छ भने स्पेनमा ४१०० वढी यसको शिकार भओइसकेका छन् । त्यस्तै फ्रान्समा १६ बर्षको उमेरका समेत गरी १७०० जनाले ज्यान गुमाईसकेका छन् भने  अमेरिकामा १२०० जनाले ज्यान गुमाएखको संचारमाध्ययमहरुले जनाएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...