इजरायलमा स्वास्थ्यमन्त्री परिवर्तन गर्न माग, सोमबारदेखि सुपरमार्केट र फुट्कर पसलमै कोरोनाको टेस्ट गर्ने व्यवस्था

संक्रमितहरुको संख्या ४२४७, मर्नेहरुको संख्या १५ पुग्यो

Published Date: March 29, 2020

ए1न्यूज इजरायल

इजरायली चिकित्सकहरुले इजरायल सरकारका स्वास्थ्य मन्त्री याकुब गान्चलाई हटाई स्वास्थ्य क्षेत्रमा अनुभवी व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउन प्रधानमन्त्री नयान्याहुलाई आग्रह गरेका छन् ।

इजरायलमा COVID-19 कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि  स्वास्थ्य मन्त्रीको भुमिका र कार्यशैली चित्तबुझ्दो नभएको भन्दै राजिनामा माग गरिएको हो । अस्पताल विभागका प्रमुखहरू र वरिष्ठ चिकित्सा अधिकारीहरूले प्रधानमन्त्री नेतन्याहु र  उनका भावी गठबन्धनका साझेदार बेन्नी गान्ट्जलाई लेखेको उक्त  खुला पत्रमा भनिएको छ  COVID-१९  महामारीको यस विषम घडिमा लिट्जमानको आचरणप्रति असन्तुष्टि व्यक्त गरे र उनलाई उपयुक्त ठाउँमा बदल्न आग्रह गर्दै भनेका छन्,  अनुभव र सम्बन्धित बिषयमा दक्षता प्राप्त ब्यक्ती नहुदा राष्ट्रले ठूलो मुल्य चुकाउनु पर्दोरहेछ ।

यस पहलमा रहेका रामबम अस्पतालका शल्य चिकित्सा प्रमुख प्रोफेसर योराम क्लुगरले भने- ” स्वास्थ्य मन्त्री लिट्जमानको बिरुद्द हामीसँग केही छैन र उहाँप्रति ठूलो सम्मान छ,” “तर, डरलाग्दो अवस्थाको स्थितिमा इजरायलको स्वास्थ्य सेवा प्रणाली र महामारीको आपतकालिन अवस्थाको यस घडिमा स्वास्थ्यकर्मीहरू फरक विचारबाट अलग रहन राजी हुन सक्दैनन्।”

स्वास्थ्य मन्त्री  याकुब गान्च एक यहुदी धर्मका कट्टर ultra orthodox haridi बिचारधाराका हुन् ।

इजरायल  सरकार स्वास्थ्य मन्त्रालयद्वारा आइतवार राती जनाएअनुसार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४२४७ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ पुगिसकेको छ । त्यस्तै ७४ जना चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । इजरायल सरकारले कोरोना भाइरसका विरामीहरु एक पछि अर्को गर्दै बढ्दै गएपछि इजरायल सरकारले जनताको स्वास्थ्यको सुरक्षाको लागि ठोस कदमहरु पनि चालिरहेको छ ।  यसलाई उच्च प्राथमिकतामा राखी एक साता पहिले lockdown गरेपनि खासै प्रभावकारी नभएपछि वुधवारदेखि  थप कडाई  गरेको छ , जसानुसार जस्तो सुकै अवस्थामा पनि छोटो दुरीमा मात्र हिडडुल गर्न अनुमति रहनेछ, सय मिटर भन्दा टाढा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले सोमवारदेखि  मुलुकका विभिन्न सुपरमार्केट र फुटकर पसलहरुमा पनि कोरोना भाइरसको टेस्ट गर्ने व्यवस्था गर्ने भएको छ । आउने ग्राहक र कामदारहरुले  निशुल्क रुपमा भाइरसको जाँच गर्न पाउने भएका छन् । शुरुवातमा  पाइटल टेस्टको रुपमा  दुईवटा रामी लेबी हासिकामा मार्केटका शाखाहरु र एउटा भिक्टोरी सुपरमार्केट का स्थानहरुमा   मेडिकल जाँचको व्यवस्था मिलाउने मन्त्रालयले जनाएको वाइनेट अनलाइनले जनाएको छ । वाइनेटका अनुसार यो तरिका सफल भएको खण्डमा  यो कार्यलाई अरु खुद्रा पसल र सुपरमार्केटका च्यानलहरुमा विस्तार गरिने बताइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...