“मानव प्रकृतिको खेलौना कि माली”

सानू कुवर, प्युठान

Published Date: May 5, 2020

 – सानू कुवर, प्युठान

रमणिय सौन्दर्य परि ब्रह्माण्डलाई
एउटा खदिलो भण्डार भनौं कि
मानवै मानवको विशाल सङ्गग्राहलय भनौं
आउने जाने गिन्ती नभएको धर्मशालामा
चुनौतीका संघर्षको अनेकौं पहाड
त्यस्तोमा फुले फलेको मानव जाती
तेरो मेरो भन्नेमा खप्पिस
अर्काको टस रत्तिभर नसहने
जमिनको एक एक इन्च पनि नछोड्ने
बित्ता र फित्ता लिएर नाप्ने
यस्तो मानव ओजनदार भनौं कि अद्भुत भनौं

मानव आफ्नो जीवन नाप्न नसक्ने
मानो मुठ्ठीमा मन थाम्न नसक्ने
ढिको र चिम्टिमा आँखा गाड्ने
जति खाए पनि आँखा मन नअघाउने
मुसुक्क मुस्कुराएर भित्र भित्र पिरोलिने
अह ठ्याक्कै प्रगती देख्न नसक्ने
औंलो घुमाउन खप्पिस
चिप्ला बोलिले लर्काउने
यस्तो मानव पनलाई के भनौं
सन्तुष्टि भनौं कि धैर्यवान धिर भनौं

मानवको
सहयोगि भावना हेर्दा
पाटिमा चिच्याएको अनाथ माग्नेको
आवाज नसुन्ने
समान अनुभुतीको महसुस भनौं भने
लङ्गडो देख्दा मुस्कुराउदै हिड्ने
हात जोडि बिन्ति पायो
अझ बिन्ती खोज्ने
एकचोईलो भात दरिद्रलाई दिन
मन दुखाउने
यस्तो मानवलाई के भनौं
उदार हृदय भनौं कि सङ्कृण भनौं

जहाँ जे जसरी मानवलाई अर्थ्याए पनि
मानव प्रकृतिको उपज हो
उस्ले चाहेर गर्न सक्ने केवल
अहङ्गकार क्षोभ रिस ईर्ष्या मात्रै
किन कि उ जति प्रगतिको शिखर चुमेपनी
खाने एकमानो
लगाउने एकसरो
सुत्ने एउटै बिस्तारा खटिया
चाहिने जमिन मात्रै चार हात
त्यसैले मानव प्रकृतिको पाहुना भनौं कि मालिक भनौं

प्रकृतिमा क्षणिक विचरण गर्न
प्रकृतिले छुट दिएको मात्र
बाकी उसको जीवन लिने दिने
केवल प्रकृति नै
प्रकृतिले दिएका चोट सहस्र स्वीकार्ने
अनेकौं प्रकृति प्रकोप सामना गर्ने
प्रकृतिसगँ कत्ती नराज नहुने
प्रकृतिको खेलौना भनौं कि मानव प्रकृतिको माली भनौं

सानू /2077/1/22/



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...