नेपाली छोरा दिबेशले अमेरिकामा नेपाल को नाम चिनाई राख्दा, उहाँलाई १ शेयर गरेर अझै अगाडि बढ्न हौसला दिउँ।।

Published Date: May 10, 2020

 

 

 

 

 

ए१ नेपाल डट कम अमेरिका

दिबेश पोखरेलको जन्म  बिक्रम सम्बत २०५४ कार्तिक ९ गते ( अक्टोबर २४, १९९७) शनिबारका दिन   काठमाण्डौमा आमा मैया पोखरेल र बुवा दातराम पोखरेलको काखमा भएको हो।उनले सन् २०१४ देखि आफ्नो सांगीतिक करियर शुरु गरेका थिए र सन् २०१८ मा ८ वटा गीत सम्मिलित  एल्बम “ग्रहण” रेकर्ड गराएका थिए।

त्यसपछि लगत्तै सन् २०१९ मा अर्को एल्बम “खोज” सार्बजनिक गरेका थिए। उनि अहिले अमेरिकाको सबै भन्दा ठुलो प्रिमियर सांगीतिक कार्यक्रम अमेरिकन आइडलमा आर्थन गनको नाममा प्रतिष्पर्धा गरिरहेका छन् ।उनि युनिक आवाज र  अत्यन्त मिठो स्वरका कारण अति नै मन पराइएका गायकको रुपमा जजहरु अनि दर्शक श्रोताको मनमा बस्न सफल भईसकेका छन्। उनको परिवारमा बुवा आमा र ४ दिदि बहिनीहरु कोहि पनि सांगीतिक करियरमा नलागेपनि उनि बचपन देखि नै साना गीतार बजाएर गीत गाउन रुचाउथे।उनले नेपालमै अंग्रेजी सिकेका थिए र उनले अमेरिकन आइडल सानै देखि एकदम रुचिका साथ हेर्ने गर्दथे। अमेरिकन आइडल सन् २००२ देखि शुरु भएको कार्यक्रम हो। दिबेशलाई पहिलो गितार उनकै आमा मैयाले किन्देकी हुन् ।

उनको परिवार सन् २००८ मै अमेरिका पुनर्बास भए पनि उनि आफ्नो माध्यमिक तहको अध्ययन पुरा गरुन्जेल काठमान्डौ मै थिए । आर्थर गनले साथीहरु भेला हुँदा गाउने र रमाइलो गर्ने गर्दथे। उनले सिरियस भएर गायन क्षेत्रमा लागेको खास सन् २०१२ देखि हो।उनका दिदीहरु अमेरिकामा  अध्ययन गर्दै गर्दा उनि २०१४ मा आफ्नो माद्यामिक तहको अध्यायन सकेर अमेरिका को कन्सास राज्य स्थित विचिता भन्ने शहरमा आए।त्यहाँ उनी अमेरिकन संगीत र विभिन्न किसिमका मानिसहरु संग घुलमिल भए। अमेरिकाको लास एन्जेलस तिर चर्चित विभिन्न गायक र संगीतकर्मीहरुको प्रेरणाले उनि झन् अमेरिकन संगीतमा रम्न थाले।

दिबेशाले सन् २०१९ मा अमेरिकन आइडलमा अडिशनको लागी पहिलो पल्ट अनलाईन मार्फत निबेदन पेश गरे र सेप्टेम्बर ४ मा कन्सास राज्यको विचिता शहरमा अडिशनको लागी बोलाइयो। उनका एक पछी अर्को गीतहरुमा उनको प्रतिभा देखेर त एकजना जज ल्युक ब्रायनले त अमेरिकन आइडलको इतिहासमा अहिले सम्मकै सबै भन्दा राम्रो प्रतिस्पर्धी भन्दै उनको प्रशंशा गरेका थिए।उनि अहिले टप फोर्टी, टप ट्वान्टी, टप टेन हुदै अरु लेबलमा फड्को मार्न प्रयासरत छन्।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...