किन लगाउँछन छिमेकी घरी घरी आँखा यो देशमा

Published Date: May 13, 2020

-डा. रोशन प्रजापति

 

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

 

पुर्खाले रचेको ईतिहास, पुर्खाले कोरेको यो सिमा

किन लगाउँछन छिमेकी, घरि घरि आँखा यो देशमा।

 

यही देशमा जन्मे भृकुटी, यही देशमा जन्मे बुद्ध

हामी चाहन्छौ, छाओस शान्ति, देख्न नपरोस कही युद्ध।

 

कहिले लिपुलेक उसको रे, कहिले भन्छ, बुद्ध पनि

छोड्दैनन उनले कहिल्यै, पाए सम्म जालो बुनी।

 

उनी चाहन्छन बनाउन, नेपाल पनि हिन्दूस्तान

कुनै दिन हामीलाई भन्ने छ, यही तिम्रो पहिचान।

 

चाहन्छौ, आउन नेता हाम्रो शिर ठाडो पार्ने

यहाँ त जो आए पनि, उतै पो लम्पसार पर्ने।

 

सत्तामा हुँदा कोही नेता, केहि पनि बोल्दैनन्

बिपक्षीमा हुँदा भन्छन् ,सरकार केहि गर्दैनन।

 

कोही भन्छन समाजवाद, कोही भन्छन जनबाद,

जो आए पनि देखाईसके, सधैको उही अवसरबाद।

 

भन्ने बेला, यस्तो असल हाम्रो छिमेकी मित्र राष्ट्र

बिन्ती, कसैलाई नपरोस जसले सधै हान्छ अस्त्र।

***

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...