त्यहिँबाट आएकी म -कविता

Published Date: May 17, 2020

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

सागर नभएनी सागरको सर्वोच्च शिर छ जहाँ

कहिेलै नझुक्ने बिराजमान उच्च टाकुरा छ त्यहाँ

जस्को प्रसंसा बिश्वमा नै प्रख्यात छ

अमुल्य चम्कीला सेता हिरा हुन् त्यो

बेच्न,खन्न न मिल्ने,पुग्ने टेक्ने छुनेले भन्छन्

“पुगेर स्वर्ग फर्कि आए फेरि धरती माझँ म”

त्यहीँबाट आएकी हुँ हजुर म।

 

 

बसन्तऋतुमा लालीगुरासँ फक्रक्क फुल्छ जहाँ

स्वर्गबाट अप्सरा झरेर दिल खोलि नाच्छ त्यहाँ

कोयली चरी कुहुकुहु गर्दै हरियाली वन डुल्छ

संसार मरुभूमि र हिउँले छोपेको बेला हजुर

अन्नबाली मस्त जवानीमा झै मस्केर फुल्छ त्यहाँ

सुनका टुक्रा उर्वरभुमि तराईले चिनिन्छ पनि त्यहाँ

हो त्यहीँबाट आए कि हुँ हजुर म नि यहाँ ।

 

 

भगवानहरुको मात्रै बाँस छ त्यहीँ

मन्दिरै मन्दिरहरुको देशले चिनिन्छ पनि

जिउँदो देवी कुमारी छोरी पनि पुजिन्छ त्यहीँ

अनेक छन् भेषभुषा, कलासंस्कृतिको धनी

दुनियाँलाई शान्तिको पाठ पढाउदै हिडेका

गौतम बुद्ध समेत जन्मेको हुन् त्यहीँ

हिन्दुहरु कि महान त्यागी नारी सीता

जन्मेकि पवित्रस्थल भुमि मान्छन् त्यहीँ

धरती र देशलाई आमा भनी पुजीन्छ त्यहीँ

हो वँहि बाट आए कि हुँ हजुर म पनि।

 

 

अनेकतामा एकता का छन् प्रतीक त्यहाँ

रंगीबिरंगी फुलेका फुल झै छन् अनेक जातजाति

गाँवै पिच्छे भाषा फरक आफ्नै छन् संसकार र बिधि

छन् चार जात र छत्तीस फुलबारी पनि त्यहीँ

एकअर्कालाई सम्मान गर्छन् छैन कुनै भेदभाव

अतिथि देव भव: नारा छ गाउँ-गाउँमा जहाँ

हो, त्यहीँबाट आए कि हुँ हजुर म पनि।

 

 

अहिले आए कि छु हजुर म यहाँ

छन् बिज्ञान र प्रबिधिका भन्डार अपार जहाँ

श्रमलाई गर्छन् कदर, योग्यलाई दिन्छन् जिम्मेवार

छैन नाताबात कृपाबाद,प्रतिभालाई गर्छन् सम्मान

को धनी को गरिब चिन्दैन यहाँ,छन् कानुन बराबर

कसैको चियो गर्दैन यहाँ,काम गरि खान्छन् सबै समान।।।।

 

 

-शान्ती मोदी

मोरंग, नेपाल

हाल: ओहायो, अमेरिका

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...