भन्नुस प्रिय “बा” (प्रधानमन्त्री ज्यू) – डा. कुम्भ जोशी

- डा. कुम्भ जोशी

Published Date: May 30, 2020

 

 

 

 

 

 

 

 

सब ठिक ठाकै थियो
आदरणीय ” बा” अर्थात,
सम्माननीय प्रधानमन्त्री ज्यू,
जव तपाईं को कविता विवादास्पद भएता पनि
सुन्न पढ्न पाँए,बडा खुसि लाग्यो, बुर्कुसी मारे अब त सबका दिन आए भनेर,
एउटा मिसन राजनेताको
कविता ले भन्यो कसैले आँसु खसाऊनु पर्दैन
कसैले भोकै बस्नु पर्दैन,
अव फोटो सजाउने सपनाहरू तुहिन्छन्
फोटोकोहरको खेति कुहिन्छ,
कसैले अन्याय सहनु पर्दैन,
पिडा र अभावले जिन्दगी मर्नु पर्दैन
तर “बा”
तपाईं को कविता जन जनले गुनगुनाऊन नपाऊदै
संगितकार हरुले धुन भर्न नपाउदै,
यि कविता र गजल कालजयी हुन नपाउदै
तमामका जिवनहरुमा धमाधम काल पस्यो
प्रिय बा!

बाको कविता भन्छ आँसु खसाऊनु पर्दैन
तर आँसु मत्र होइन अकालमै जिवनहरु खसे
किर्तिपुरमा ६० बर्षिया बृध्द भरिया
नरवहादुर तामाङ भोकले, चौरजहारी रुकुममा
आध दर्जन नवराजहरु नरसंहारमा परे
बर्जित जातिय प्रेमले,

कोरोनाको कहरका योद्धा
सहकर्मी चिकित्साक साथि हरु,भोक प्यास रात दिन
नभनि बिमारीको ऊपचार गरेबाफत कुटेर लास बनाए
ब्यधाहरुले ,
जेल नजानु पर्ने पक्का भएको छ अब
सुन्दरमणि दिक्षित जस्ता कोट काट्ने मुसाहरु,
किनकि कोरोना कुमारिहरु सलह जस्तै हलक्क
बढिसकेकि छिन्, नेपालमा तापइले छेडेको जेहादका बाबजुद,
आत्महत्या हरु मासिक साडे तिनसय बाट
झन्डै ६०० पुगेका छन,
प्रिय बा
यस्तै यस्तै तमाम अनिष्ट भैरहेका छन त बा।

बा को कविता सुनेर खुसिले बुर्कुसी मारे पछि
मेरो शरिरमको तापमान मनि एक नास छैन।
ओम्निको इन्फ्रारेड थर्मोमिटरले तापमान नाप्छु
कहिले स्वास्थ्य मन्त्रालयले को गेटमा, असि डिग्री फेेरेनहाइट
सिभिएर हाइपोथर्मिया देखाउछ,
सिंहदरबार को गेटमा नाप्छु एक सय सात डिग्री फेेरेनहाइट
सिभिएर हाइपर्थमिया देखाउछ,
अत्ति भएर आेम्निको भाटभटेनि र थामसेर्कुको यतिको गेटमा नाप्छु,
ठ्याक्कै अन्ठानब्बे डिग्री फेेरेनहाइट आऊछ बा
बल्ल चयन को सास फेर्छु,
र सोच्दछु कि कतै अलक्षीना त लाग्दै छैन यो देशमा,

तपाईं अलक्षीनामा पनि विश्वास गर्ने कमरेड “बा” हुनुभकोले
तपाईं कै चालक दलका अर्का पाइलट
कमरेड प्रचण्ड को सरकार अलक्षीना सरकार
भएकाले कोसिवाँध फुटेको को भन्ने तपाईंको
दावि स्मरणीय नै छ नि हैन प्रिय “बा”
हैन भने कि तपाइ झुट,
जुन मलाई पटक्कै विश्वास लाग्दैन,
कि तपाइँको कविता झुट,
कि दलाल संसदिय ब्यबस्था झुट,
कि तपाइँको बृद्द शरिर वन्धकि राखेर
राज्य दोहान गरिरहेका धुन्धुकारी हरुको ब्रहमलुट।
भन्नुस खास के हो प्रिय “बा”
सम्माननीय प्रधानमन्त्री ज्यू

यो देश का खातिर,
यो देशमा के भाको
सात साल देखि सबै भागहरु सुकेर,
वयरको दाना जस्तो किन भको
जस्मा माथि फिष्टे र भंगेराहरू आएर
टट्टि मात्र गर्छन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...