बदनाम हुँदैमा के भो र ?

Published Date: June 8, 2020

 

 

 

 

 

 

 

 

-डा. रोशन प्रजापति

बदनामी पनि के बदनामी र यहाँ
आफुलाई चिनाउन त बदनाम नै हुनु पर्छ
भ्रष्टाचार र कालोबजारी त सबले गर्छन्
दुई चार जना थपिन्दा के भो र ?

 

भ्रष्टाचारीलाई नेताले नै जोगाउछन यहाँ
माथिल्लो तह पुग्न भ्रष्टाचारीको गुण हुनु पर्छ
बदमाशी र लुट त सबले गर्छन्
दुइ चार जना अरुले कमाउदा के भो र ?

 

जनता जागेर के नै हुन्छ र यहाँ
परिवर्तनको लागी आन्दोलन गर्न खोज्छ
बिरोध र प्रदर्शन त सबले गर्छन्
नेतालाई दुइ चार जना मरेर के भो र ?

 

सत्ता मै हुँदा सम्पत्ती जोड्छन यहाँ
मन्त्री हुँदा महङ्गो गाडी नै हुनु पर्छ
ठेक्का पट्टाको चलखेल पनि कमिशन मै गर्छन्
दुइ चार जनाले कुरा काट्दैमा के भो र ?

 

देशको अवस्था सबलाई थाहा छ यहाँ
देश बनाउन के बिदेशी नै आउनु पर्छ ?
कमिशन खानलाई यहाँ माग्ने गर्छन्
दुई चार अर्ब चाट्दैमा के भो र ?

 

हामी सधै अरुलाई गाली मात्र गर्छौ यहाँ
देशमा कानून पो कडा हुनु पर्छ
नत्र भ्रष्टाचार त बढ्दै जान्छ्न्
बदनाम हुँदैमा के भो र ?



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...