पिसिआर ल्याव स्थापनार्थ प्रवासी सृजनसिल महिला समुह इजरायलको आर्थिक सहयोग

Published Date: July 9, 2020

ए1न्यूज नेपाल

कोभिड – १९ कोरोना भाइरसको महामारी झन झन फैलिदै गएपछि महामारी नियन्त्रणकोलागि हरेक क्षेत्र क्रियाशिल देखिन थालेका छन् ।  यसै शिलशिलामा पूर्व झापा जिल्लामा पिसिआर ल्याव  स्थापना गर्न इजरायलमा क्रियाशिल  प्रवासी सृजनसिल महिला समूह इजरायलबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

“एकका लागि एक अभियानमा ” जोडिनु भई झापामा PCR lab स्थापनाको लागि अभियानले गरेको कामको प्रशंसा गर्दै समूहले   रु १ लाऱख  ५४ हजार १ सय ९५ रुपैया प्रदान गरिएको हो ।

No photo description available.

संस्थामा आवद्ग पदाधिकारी तथा सदस्यहरु तथा इजरायलमा कार्यरत अन्य केही दाताहरुबाट संकलन  गरिएको सो रकम ८ जुलाई वुधवार एकका लागि एक अभियानलाई हस्तान्तरण गरिएको प्रवासी सृजनशिल महिला समूह इजरायलले जनाएको छ ।

एकका लागि एक अभियानले आर्थिक सहयोग उपलब्ध गराउनुहुने इजरायल स्थित प्रवासी सृजनसिल प्रवासी सृजनशिल महिला समुहलाई धन्यवाद ज्ञापन गर्दै समुहका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरु प्रति आभार प्रकट गरेको छ ।

Image may contain: text

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...