एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा शेयर खुल्ला, कसरी लिने शेयर डेमो सहित

Published Date: July 31, 2020

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले साउन १६ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) विक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता साधारण शेयर सार्वजनिक निश्कासन मार्फत विक्री खुला गरेको हो ।

प्रति शेयर रू. १००  दरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओमध्ये १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरि बाँकी रहेको शेयर कम्पनीले सर्वसाधारणका लागि विक्री खुल्ला गरेको कम्पनीले बताएको छ ।

आईपीओ खरीद गर्न चाहनेहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओ आज देखि अगस्त ५ तारिखसम्म विक्रीमा रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ खरीदका लागि लगानीकर्ताले सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू.७९ करोड २८ लाख ७७ हजार ५०० रहेको छ । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० पुग्नेछ ।

यहि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ शेयर भनेको केहो ? कसले र कसरी यो शेयर किन्न सक्छन भन्ने विषयहरुमा सर्वसाधारणलाई सजिलोसँग बुझाउने गरि इजरायलमा एउटा अनलाइन अन्तरक्रिया कार्यक्रम भएको छ ।

यस कार्यक्रममा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलेपमेन्टकी सिइओ उषा खतिवडा र ब्रोकर कम्पनी सानी सेक्युरिटिजका चियरमेन सन्तोष पौडेलले छलफलमा सरल भाषामा सबैले बुझ्गने गरी आआफ्नो धारणा राखेका थिए ।

लगानी गर्न इच्छुक जो कसैले यो भिडियो हेरेर जानकारी लिन सक्नुहुनेछ र प्रक्रियागत कठिनाइ भएमा सानी सेक्युरिटिजका चेयरमेन सन्तोष पौडेलको ह्ववाट्स एप +977 9801104870  र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलेपमेन्टको ह्वाट्स एप 009779803001891 मा सम्पर्क गरेर जानकारी लिन सकिने सिइओ खतिवडाले  बताएकी छिन ।

आइपिओ कसरी लिने तलको भिडियो हेरेर गर्न सक्नुहुनेछ  :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...