a1nepal Production

केपी ओली र वामदेवको ‘डिनर मिटिङ’ ले नेकपा भित्रको माहौल रोचक बन्दै

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली उपचार पश्चात स्वदेश फर्किए लगत्तै नेकपाका शिर्षा नेताहरुलाइ भेट्न ब्यस्त छन् । मंगलबार अपरान्ह नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटार प्रधानमन्त्री ओलीको लामै कुराकानी भएको थियो । दुई नेताबीच के के कुराकानी भयो भन्ने नखुलेपनी उनीहरु बीच पार्टीका विभागहरुको जिम्मेवारी बाँडफाँड सम्बन्धमा कुराकानी भएको .....

सूर्य थापाले भने– गुरिल्लासॅग डराउने दिन गइसके !

काठमाडौं, २७ श्रावण । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले पूर्वमाओवादीविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन् । आइतबार सामाजिक सञ्जालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर लगातार आक्रमण गरिरहेका छन् । प्रचण्डले ‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र .....

सुर्य थापालाई रोक लगाउने दिवा सपना नदेख्न आग्रह, रोक लगाएर देखाउन चुनौती सहित वैचारिक बहसबाट नतर्सिन अखिल केन्द्रीय नेताको चेतावनी

सूर्य थापा आफ्नो खरो बैचारिक बहसवाट सधै चर्चामा आइरहने ब्यक्तित्व मध्ये एक हुन् । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले शुक्रबार आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा लेखेको एउटा स्टाटसले यतिवेला सामाजिक सन्जाल तरङगित छ ।

एमाले तथा माओवादी पृष्ठभूमिका नेता विद्यार्थि र कार्यकर्ता सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्यूठानबाट माओवादी पृष्ठभूमीका केहिँ ब्यक्तिहरुले चर्चामा आउन सुर्य थापालाइ टक्कर दिदै जिल्ला प्रवेश रोक लगाउने भन्दै टिप्पणी गरीरहेका बेला विद्यार्थी नेताहरु सुर्य थापाको बचाउ तथा गलत कामको हुर्मत नलिन आग्रह गरेका छन् ।

एमाले पृष्ठभूमिका अखिल केन्द्रीय सचिवालय सदस्य, त्रिवि आंगिक क्याम्पसहरुको इन्चाज धर्म गिरीले सामाजिक सन्जालबाटै प्रतिउत्तर दिदै बैचारिक बहसवाट नतर्सिन आग्रह गर्दै दिवा सपना नदेख्न चुनौती दिएका छन् । उनले लेखेको स्टाटस यस्तो रहेको छ ।

केहि ब्यक्तिहरुले प्यूठानमा सूर्य थापालाई प्रवेश रोक लगाउने दिवा सपना देखेकोले वैचारिक बहस चलीरहेको बेला यहि बैचारिक बहसबाट आत्तिएर क. सूर्य थापालाई जिल्ला प्रवेश रोक लगाउने दिवा सपना नदेख्न आग्रह गर्दै रोक लगाएर देखाउन चुनौती दिन्छु । तत्कालीन किसान मार्चको आन्दोलन तथा द्वन्द्वका बेला लगायत अनेकन बन्देजका बावजुत समेत गाउँ गाउँ र कुना कुनामा राजनीतिक प्रशिक्षण दिदै हिड्ने सुर्य थापालाई कमजोर नठान्न मेरो आग्रह छ । मित्रहरु आफै जनताबाट निशेधित हुनुपर्ने बाटो नरोज्न र घटिया हर्कत नदेखाउन सुझाव दिन चाहन्छु ।

यस्तै अखिल केन्द्रिय सदस्य बिनोद भण्डारीले पनि सामाजिक सञ्जालबाटै निशेधको राजनिती नगर्न आग्रह गरेका छन् । उनले आफ्नो फेसबुकमा लामो बिश्लेषण सहित आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।

भण्डारीको छोटकरी यस्तो रहेको छ ।

साथिहरु बिषय बहश गर्नु सम्म ठिक छ । तर नेताहरु माथि सुरक्षा चुनौति थपिदिने र भौतिक रुपमा रोक लगाउछौँ पार्टि नेता सुर्य थापा लाइ प्युठानमा निषेध गर्छाैँ भनेर सामाजिक संजालमा अबिब्यति दिनु कदापि राम्रो हुदैन । म प्युठान बासि हुँ मैले प्युठानमा प्रबेश गर्ने सबै नेताहरुलाई स्वागत गर्छु । छिट्टै उत्तेजित भई नेता माथि तल्लो शब्द प्रयोग गरि नेतालाई अपमान गर्ने काम किमार्थ स्विकार्य हुनेवाला छैन । यदि यस्तो कार्य भयो भने तत्काल यस्ता कार्यको प्रतिपात हुनेछ । त्यसैले यस्ता कार्य तुरुन्त रोक्न म अनुरोध गर्दछु ।

 

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : तीन राउण्ड गोली पड्केको अवस्थामा पेस्तोल भेटियो

काठमाडौँ, २२ फागुन । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोक्ने गरेको पेस्तोल फेला परेको छ । दुर्घटनामै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीका अंगरक्षक रहेका घिमिरेको पेस्तोल घटना भएको ८ दिनपछि तीन राउण्ड गोली पड्केको अवस्थामा घटनास्थलमै भेटिएको .....

गौमुखी क्षेत्रमा २ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

मित्र बहदुर थापा प्यूठान, १६ फागुन । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ । गौमुखी गाउँपालिका ३ रजवारामा रहेको बिटिएस टावरमा समस्याका कारण यी क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङका कारण बिटिएस टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करिब .....

फागुन १६ गते भोलि राष्ट्रिय शोकको घोषणा

काठमाडौं ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरीषदको बैठकले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि फागुन १६ गते राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । बिहिवार भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा पनि सार्वजनिक विदा दिइनेछ .....

हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी । प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

काठमाण्डौ – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ । दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको  निधन भएको बताइएको छ । दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर  .....

हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

काठमाडौ  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको बताइएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक .....

हेलिकप्टर दुर्घटनास्थलमा पाँच वटा शव भेटिए (अपडेट)

काठमाण्डाै – ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेकाहरु जीवितै भेटिने सम्भावना कम देखिएकाे छ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।  ‘हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’, जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।  पाथिभराबाट उडेको .....

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर बुधवार दिउँसो दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । तेह्रथुम जिल्लाको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त .....