नयाँ साल आयो भन्छन् – विष्णु प्रसाद भट्टराई, इजरायल
नयाँ साल आयो भन्छन खुसी छैन मनमा वुढ्यौलीका चिन्हहरु देखिराछन तनमा उमेरपनि छिप्पियो की, या पाकेर हो घाममा वुढो भनी फर्काइदिन्छ जाँदाखेरी काममा वन्द हड्ताल भए जस्तै उमेर पनि पर्ने भए जाममा यमराज पनि मख्ख पर्थ्यौ फुर्सद मिल्थ्यो काममा असी बर्षे वुढापनि भन्छन यहाँ छम्मछम्म उठ्न सक्ने ताकत छैन माग्छन .....
